कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजबाट पुनः सुरु हुँदै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजबाट पुनः सुरु हुँदै छ । प्रतिनिधिसभा विघटन भएपश्चात् राजनीतिक अवस्थाका बारेमा छलफल गर्न कांग्रेसले ७ गतेबाट केन्द्रीय बैठक सुरु गरेको थियो । १ हप्ताभन्दा बढी स्थगित भएको बैठक आज दिउँसो १ बजेबाट बस्दै छ । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ ।

कमेन्टहरु
Loading...