ट्याक्टर दुर्घट्नामा दुईको मृत्यू, एकजना घाइते

स्याङ्जा, ६ पुस /स्याङ्जाको बानेथोक देउराली गाउ विकास समितिबाट बिरुवा अर्चलेतर्फ जाँदै गरेको ग १ त २७७९ नम्बरको ट्याक्टर बानेथोक देउराली गाविस ४ भाङ्भुङे भन्ने ठाँउमा दुर्घट्ना हुँदा दुई जनाको मृत्यू भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक हरिबहादुर बरुवालका अनुसार दुर्घट्नामा परी मृत्यू हुनेहरुमा ट्याक्टरका चालक बिरुवा अर्चले गाविस ६ का २५ वर्षिय खीमबहादुर थापा र मनकामना गाविस ४ का सोही उमेरका सहचालक सूर्यबहादुर नेपाली रहेका छन् ।ट्याक्टर दुर्घट्नामा परी गम्भीर घाइते भएका दुवै जनाको जिल्ला अस्पताल स्याङ्जामा उपचारका क्रममा आज दिउँसो मृत्यू भएको हो । त्यस्तै गरी दुर्घट्नामा परी बिरुवा अर्चले ६ का ४९ वर्षिय चुत्रबहादुर विकको भने अहिले जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरी निरीक्षक बरुवालले बताउनुभयो । घाइते विकको अवस्था अहिले सामान्य रहेको छ ।

प्रहरीका अनुसार कच्ची बाटोमा चिप्लो भएका कारण ट्याक्टर गएराती दुर्घट्ना भएको हो । ट्याक्टर कच्ची सडकबाट झण्डै दुई सय मिटर तल खसेको छ । स्थानीय खोलामा बन्दै गरेको पुलको सामान लिएर जाँदै गर्दा ट्याक्टर दुर्घट्नाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

कमेन्टहरु
Loading...