जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारसम्म देशका विभिन्न स्थानमा वर्षा र हिमपातको हुन सक्ने जनाएको छ ।
आजदेखि मंगलबारसम्म सुदूरपश्चिम , कर्णाली , गण्डकी प्रदेशका हिमाली भू-भागमा हिमपात तथा पहाडी भू-भागमा वर्षाको सम्भावना रहेको छ ।
‘तापक्रममा कमी साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने र त्यस क्षेत्रमा अझ चिसो बढ्ने हुनाले चिसोबाट बच्न तथा तराई र पहाडी भूभागका केही स्थानहरूमा बिहानीपख हुस्सु/कुहिरोका कारण वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ,’ मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि जारी गरेको चेतावनी तथा परामर्शमा भनिएको छ ।