कवि तथा गीतकार विनोद गौचन अस्वस्थ

पौष ६, पोखरा /कवि तथा गीतकार विनोद गौचन अस्वस्थ हुनुभएको छ । सानै देखि छातिको समस्यबाट पिडित ५८ वर्षिय गौचन विगत चार महिना देखि अस्वस्थ हुनुभएको हो उहाँ अहिले पोखराको फेवा सिटी हस्पिटलमा उपचाररत हुनुुहुन्छ । दमको समस्याका कारण उहाँको शरिर कमजोर रहेको उपचारमा सग्लग्न चिकित्सक डा. बुद्धि बहादुर थापाले जानकारी दिनुभयो । 

गौचनले २०३५ सालमा रचना गरेको गीत जति माया लाए पनि, जति कसम खाए पनि हाल सम्म पनि चर्चीत छ । यसैगरि तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले, कस्तो ठाउँमा फूल्यौं तिमी टिप्नै गाह्रो भो जस्ता गीतहरु लोकप्रिय छन् । उहाँको पछिल्लो पटक रेकर्ड गरिएकोे चोली फाटेपनि जोवन फाट्या छैन बोलको गीतमा युवा गायक विरु जि.एम.ले स्वर दिनुभएको छ ।

कमेन्टहरु
Loading...