कानुन ब्यवसायीको क्षमता अभिवृद्धि तालिम

पोखरा, ६ पुस/ईन्टरनेशनल लिगल फाउन्डेसनको आयोजनामा पोखरामा आजदेखि कानुन
ब्यवसायीहरुको क्षमता अभिवृद्धि का लागि विशेष तालिम सुरु भएको छ । प्रतिरक्षा
कानुन अभ्यास कसरी गर्ने भन्ने बारेमा केन्द्रित रहने तालिम शुक्रबार सम्म चल्ने
फाउन्डेसनले जनाएको छ ।

विशेष गरेर पक्षको वकिल राख्न पाउने संविधान प्रदत्त मौलिकहक अन्र्तगत
पक्षसंगको मर्यादित र गोप्य भेटघाट तथा परामर्श देखि मुद्धामा हुने अन्तिम
सुनुवाई सम्म पुग्दाको ब्यवसायीक सिप र सो संग सम्बन्धित ऐन , कानुन तथा
नजीरहरुको बारेमा तालिम अवधिभर छलफल हुने फाउन्डेसनका सृष्टि घिमिरेले
जानकारी दिनुभयो ।

तालिममा गण्डकी र द्यौलागिरिका गरि १४ जना अधिबतmाहरुले सहभागिता जनाएका छन्
। तालिमको उद्घाटन समारोहमा बोल्दै पुनरावेदन अदालत कास्कीका कायम
मुकायम विशम्बर प्रसाद श्रेष्ठले गरिब, निमुखा र असाहायहरुका बारेमा वकालत गर्ने
प्रतिरक्षा कानुन ब्यवयासी बैतर्नीहरुका बारेमा धैरै अन्जान रहेको भन्दै
बैतर्नीका बारेमा सर्वसाधारणको पहुँच बढाउन आवाश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला बार कास्कीका पद्यमपाणि देवकोटा, जिल्ला अदालत कास्कीका
न्यायधिस रामप्रसाद ओली, बार ईकाई पोखराका अध्यक्ष मुकुन्दराज अर्याल,
कानुन ब्यवसायी मोहन प्रसाद सिटौला, कृष्णबहादुर थापा लगायतले
बोल्नुभएको थियो ।

कमेन्टहरु
Loading...