कोरोना संक्रमण बढेपछि डोल्पामा ५ दिन निषेधाज्ञा

गन्थन डेस्क

डोल्पामा पछिल्लो समय कोरोना संक्रमण बढेको भन्दै यसलाई थप फैलिन नदिन जिल्ला प्रशासन कार्यालयले भोली आइतबारदेखि ५ दिने निषेधाज्ञा जारी गरेको छ ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालद्वारा जारी विज्ञप्तीमा संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को अधिकारी प्रयोग गरी निषेधाज्ञा जारी गरिएको बताइएको छ ।

जसअनुसार पूर्वको लोचाखोला, पश्चिमको सुलीगाड, उत्तर भेरीपारीको सम्पूण बस्ती र दक्षिण तिप्ला जाने बाटोभित्रको क्षेत्रमा निषेधाज्ञा जारी गरिनेछ ।

कमेन्टहरु
Loading...