काठमाडौंमा हुने आफ्नो समुहको भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समुहले आज बृहत भेलाको आयोजना गर्ने भएको छ । काठमाडौं जिल्ला कमिटीले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आज दिउँसो १ बजे भेला गर्ने भएका हो । भेलामा प्रधानमन्त्री केपी शर्मा ओली सहित, गृहमन्त्री रामबहादुर थापा बादल, ईश्वर पोखरेल तथा कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने तय भएको छ । यस अगाडि गत बुधबार पनि प्रधानमन्त्री ओलीको नेकपा समुहले सुदुरपश्चिमस्तरीय कार्यकर्ता भेला काठमाडौंमा नै आयोजना गरेको थियो ।

कमेन्टहरु
Loading...