१० महिनापछि खुल्दैछ मुक्तिनाथको बन्द ढोका

फाइल

 

गन्थन डेस्क

हिन्दू र बौद्ध धर्मावलम्बीहरुको तीर्थ मानिएको मुक्तिनाथ मन्दिर पुसको २१ गतेदेखि खुल्ने भएको छ ।

कोरोना कहरले लामो समयदेखि बन्द रहेका विभिन्न स्थान र स्थलहरु बिस्तारै खुल्दै गएपछि मुक्तिनाथ मन्दिर पनि खोल्ने निर्णय गरिएको छ । मुक्तिनाथ विकास समितिले अघिल्लो हप्तादेखि सम्बन्धित निकायसँग पहल थालेदेखि उक्त निर्णय भएको हो ।

कोरोनाको प्रकोपबाट बचाउन मन्दिरमा रहेका पुजारी र आनीलगायत सम्पूर्णलाई स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । यसको जिम्मेवारी वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले लिएको छ ।

कोरोनाकाकारण १० महिना अघिदेखि बन्द मन्दिर खुल्ने भएपछि जोमसोम, मुक्तिनाथ र मुस्ताङ क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल पुनः बढ्ने स्थानीयको विश्वास छ ।

पशुपतिनाथ मन्दिर खुलेपछि अन्य क्षेत्रका धार्मिकस्थल एवं शक्तिपीठ खुला गर्न थालिएको हो ।

कमेन्टहरु
Loading...