सस्तो कफि अब ‘Y5’ रेष्टुरेष्टमा

पोखरा । पोखरा नयाँबजारमा रहेको Y5 रेष्टुरेष्टले आफ्नो सेवालाई परिर्माजित गर्दै नयाँ सेवा सुविधा सहित सञ्चालनमा आउने तयारी गरेको छ ।

रेष्टुरेष्टका संचालक अभिमन्यु पाण्डेले पोखरामा बढेको कफि कल्चरलाई मध्यनजर गर्दै नेपालकै सस्तो दरमा अर्गानिक कफि उपलब्ध गराउने बताए ।

पोखरामा आबश्यकता भन्दा बढी मूल्यमा अर्कानिक कफि व्यापारलाई रोक्नका लागि पनि सस्तोदरमा कफि उपलब्ध गराउन लागिएको पाण्डेले बताए ।

‘कफि व्यापारीसंग प्रतिस्पर्धा गरेको होइन मात्र कफि पारखीहरुको आत्मसम्मान गरेर सस्तो मूल्य थोरै मुनाफा राखेर दिन खोजेका हौ’,उनले भने ।

उनका अनुसार ५५ रुपैयामा ग्राहकले Americano , Cappuccino, Espresso मा अर्गानिक कफिको स्वाद लिन सक्नेछन् ।

रेष्टुरेण्टले सबै आइटममा कुनैपनि अन्य शुल्क नजोड्ने उनले सुनाए ।

‘उही क्वालिटि र उही क्वान्टिटि तर  सर्भिच चार्ज लाग्दैन’, पाण्डेले भने ।

संचालक पाण्डेले आफ्नै भाइ रन्जित दनैलाई बरिष्टा बनाएर संगै व्यवसायिक यात्रामा अगाडी बढ्दैछन् ।

सबै कफि पारखिलाई Y5 रेस्टुरेन्ट एण्ड क्याफे लाई माया गर्न आग्रह गर्दै संचालक पाण्डेले  थप सल्लाह सुझाव र हौसलाको अपेक्षा राखेको बताए ।

२०७० फागुन ८ गतेदेखी स्वादिष्ट खाना खाजा उपलब्ध गराउँदै आएको रेष्टुरेण्टमा  इन्टरनेट र पार्किङ स्पेसको सुविधा समेत रहेको छ ।

कमेन्टहरु
Loading...