नेपालमा थप ४ सय २६ जनालाई कोरोना पुष्टि

पोखरा । नेपालमा थप ४ सय २६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा ४ सय २६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना पोजेटिभ रिर्पोट आएकामध्ये १ सय ५३ जना महिला तथा २ सय ७३ जना पुरुष रहेका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६१ हजार १९ पुगेको छ ।

नेपालमा हाल ६ हजार ४८ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ५ हजार २ सय २५ जनाको पिसिआर परीक्षण गरिएको छ । यो अवधिमा नेपालमा थप ७ सय ४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ५३ हजार १ सय ७ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा थप ८ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ८ सय ६४ जना पुगेको छ ।

हाल नेपालमा २ हजार ८ सय ९० जना कोरोना भाइरस संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् । त्यस्तै २ सय ३४ जना कोरोना भाइरस संक्रमितको आइसियुमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार नेपालमा ३५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

काठमाडौंमात्र नेपालमा ५ सयभन्दा बढी उपचारार्थ संक्रमितहरु भएको जिल्ला हो । त्यस्तै नेपालमा हाल महोत्तरी तथा मुगु सक्रिय संक्रमितहरुको सुन्य संख्या भएका जिल्लाहरु हुन् ।

कमेन्टहरु
Loading...