पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समुहका नेता खगराज अधिकारीले राष्ट्रियताको पहरादार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बदनाम गर्नेले देशलाई नै बद्नाम गर्ने बताएका छन् ।
ओली समुहको पोखरामा आयोजित भेलालाई सम्बोधन गर्दै उनले वर्तमान प्रधानमन्त्री ओलीले लम्पियाधुरा, कालापानीलाई समेट्दै नक्सा सार्वजनिक गरेकाले नेपालको पहरेदार ओली नै भएको दावी गरेका छन् । वर्तमान प्रधानमन्त्री केपी ओलीलाई तथानाम गाली गर्दैमा राष्ट्रभक्त नहुने उनले बताएका छन् । एकीकरण गरिएको कसैलाई बद्नाम गर्नु नभएको उनको भनाई थियो ।
केपी ओली कै नेतृत्वमा संविधान बनाएकोमा विपक्षी नेताहरुले ओलीलाई नै संविधान विरोधी भनेकोमा आपत्ति प्रकट गरे । नेकपा कै प्रचण्ड–नेपाल समुहले छापामार तरिकाले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको उनले आरोप लगाएका छन् । दलमा अविश्वास नल्याएर, विधि तथा सिद्धान्तलाई ख्याल नगरेर रातारात अविश्वासको प्रस्ताव दर्ता गरिएको उनको आरोप थियो ।
संविधान विघटन गराएकोमा प्रधानमन्त्री ओलीविरुद्ध गालीगलौज गरिएको उनले बताए । ‘संविधान विघटनको दुर्घटना ओलीले गराएका हाइनन् । दुर्घटना गराउन बाध्य बनाइएको हो ।’ उनले भने, ‘संविधानको रक्षकलाई नै संविधान विरोधी भनेर गालीगलौज किन गर्ने ?’ उनले महिलामाथि नै गालीगलौज गर्नेहरु कहिले पनि कम्युनिस्ट नबन्ने उनले दावी गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत सामेल गराएर विभिन्न लाञ्छना गर्ने काम भएको भन्दै उनले कम्युनिस्टहरुले महिलालाई सधैं सम्मान गर्ने बताएका हुन् ।
उनले नेपालमा चुनावको अर्को विकल्प नभएको समेत उनले बताएका छन् । चुनावमा जानु तानाशाही नभएको उनको भनाई थियो । ओलीले चुनाव गराउँदैनन्, यो त सत्ता हडप्ने खेलमात्र हो भनेर बजारमा हल्ला फिजाइएकोमा उनले दुखेसो पोखेका छन् । कार्यक्रममा उनले प्रचण्ड–नेपाललाई ओली विरुद्ध आन्दोलन छाडेर चुनावमा जान नडराउन तथा चुनावका लागि गाउँ–गाउँमा जुट्न आग्रह गरेका छन् ।