भारतमा कोरोना संक्रमितको संख्या १ करोड २ लाख ८६ हजारभन्दा बढी

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या शुक्रबारसम्म १ करोड २ लाख ८६ हजारभन्दा बढी पुगेको छ ।

विगत २४ घण्टाको अवधिमा भारतमा २० हजार ३५ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या १ करोड २ लाख ८६ हजार ७ सय ९ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ मा भारतमा कोरोना संक्रमणको कारण २ सय ५६ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ४८ हजार ९ सय ९४ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९८ लाख ८३ हजार ४ सय ६१ व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा २ लाख ५४ हजार २ सय ५४ सक्रिय संक्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा बिहीबार ५ सय ७४ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र १३ जनाको मृत्यु भएको छ । भारतमा कोभिड १९ सुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ५ सय ३६ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १७ करोड ३१ लाख ११ हजार ६ सय ९४ को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ ।

भारतमा बिहीबार १ दिनमा १० लाख ६२ हजार ४ सय २० जनाको कोरोना भाइरस नमूना परीक्षण भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप तयारको कार्य भइरहेको बताएका थिए । रासस

कमेन्टहरु
Loading...