प्रचण्ड तथा नेता गौतमबीच भेटवार्ता, छलफलको विषयमा खुलाइएन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेता बामदेव गौतमबीच आज बिहान भेटवार्ता भएको छ ।

नेता गौतम प्रचण्डलाई भेट्न आज बिहान प्रचण्ड निवास बालुवाटार पुगेका थिए । उनीहरु दुवैबीच आधा घण्टामात्र छलफल भएको बताइएको छ । भेटका क्रममा प्रचण्ड तथा गौतमबीच के विषयमा कुराकानी भयो भन्ने बारेमा खुलाइएको छैन ।

औपचारिक रुपमा घोषणा नभए पनि नेकपा फुटिसकेको छ । हाल प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल लगाएतका नेताहरुले छुट्टै समुह बनाएका छन् ।

यसैबीच नेता बामदेव गौतमलाई आफ्नो पक्षमा ल्याउने प्रचण्ड–नेपाल समुह तथा प्रधानमन्त्री ओली समेत लागिपरेका छन् । तर गौतमले भने आफू पार्टी एकताको पक्षमा नै रहेको भन्दै आफ्नो निर्णय सुनाइसकेका छैनन् ।

कमेन्टहरु
Loading...