प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष सन् २०२१ को अवसरमा शुभकामना सन्देश दिँदै समृद्धिका लागि स्थिर राजनीति अपरिहार्य रहेको बताएका छन् ।
अर्को नयाँ वर्षको संघारमा पुग्दासम्म राष्ट्रिय समृद्धिका पाइला आगामी वर्ष थप उचाइमा पुग्ने प्रधानमन्त्री ओलीको भनाइ छ।
उनले संविधानको प्रभावकारी कार्यान्वयन, सामाजिक जागरण र उत्थानका कामहरूलाई प्रभावकारी ढंगबाट अघि बढाउँदै सुशासन र विकासको बाटोबाट अघि बढ्ने जनाएका छन् ।
‘हामी समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तब्य तय गरी अघि बढिरहेका छौँ । समृद्ध नेपाल, सुखी नेपालीको यो राष्ट्रिय आकांक्षा पूरा गर्न स्थिर राजनीति अपरिहार्य छ ।’ओलीले भनेका छन् ।