काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले काङ्ग्रेसको नेतृत्वमा सरकार बन्नसक्ने संकेत दिएपछि यसको चर्चा र चासो सुरु भएको छ । यतिबेला काङ्ग्रेसको सहयोग ओली वा प्रचण्ड दुबै पक्षको सरकार बन्नका लागि अपरिहार्य छ ।
प्रदेश १ का काङ्ग्रेस संसदीय दलका नेता राजिव कोइरालाले भने यसलाई राजनीति सम्भावनाको खेल बताएका छन् । काङ्ग्रेसको प्रदेश समिति नभएको र सदन पनि सुरु नभएकोले अहिले नै अन्तिम निर्णयमा नपुगेको कोइरालाको भनाइ छ ।
ओली सरकारले प्रतिनिधिसभा विघटन गरेको मुद्दामा काङ्ग्रेसले विरोध गरेकोले अहिले नै सरकार बनाउने कुरामा औपचारिक छलफल नभएको कोइरालाले बताए।
९३ सदस्य प्रदेशसभाको दोश्रो ठूलो दल काङ्ग्रेसका २१ सांसद छन् । जसपाका ३ तथा राप्रपा र लिम्बुवानका १–१ साम्सद छन्। विभाजित नेकपामा ६७ छन् । तीमध्ये अन्तिममा कसको पक्षमा कति जना उभिन्छन् भन्ने टुंगो छैन । केही सांसदले हस्ताक्षर फिर्ता लिएका छन् ।