गोरु गाडासहित अवैध काठ बरामद

कन्चनपुर । भीमदत्त नगरपालिका–१८ मामाभान्जाचोक नजिकबाट प्रहरीले गए राति गोरु गाडासहित अवैध काठ बरामद गरेको छ । गोरुगाडामा अवैधरूपमा लग्दै गरेको ११ थान ९१३ दशमलव ७४ क्युविक फुट सालको काठ बरामद गरेको छ ।

भीमदत्त नगरपालिका–१८ का ३७ वर्षीय रमेश चौधरी, सोही ठाउँ बस्ने २४ वर्षीय कृष्ण चौधरी र ३५ वर्षीय जयराम चौधरी सवार गोरुगाडमा लुकाइछिपाइ ल्याइएको अवस्थामा काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

बरामद काठसहितको गोरु गाडा आवश्यक कारवाहीका लागि आज डिभिजन वन कार्यालय कञ्चनपुरमा पठाइएको छ । प्रहरीले भीमदत्त नगरपालिका–१८ बाट म१ह ४८९ नंको अटोरिक्सामा अवैध काठ ओसारपसारमा संलग्न १८ वर्षीय गोविन्द सार्कीलाई आज पक्राउ गरेको थियो ।

अटोरिक्सामा अवैध काठ ओसारपसार भइराखेको विशेष सूचनाका आधारमा प्रहरीले सालका तीन गोलिया ९७ दशमलव ३९ क्यूविक फुट सहित सार्कीलाई पक्राउ गरेको थियो ।
रासस

कमेन्टहरु
Loading...