कोरोनाका कारण थप ९ जनाको निधन, ५३४ संक्रमित थपिए

पोखरा । नेपालमा कोरोना संक्रमणका कारण थप ९ जनाको ज्यान गएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ५६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ । उनीहरुमध्ये २ लाख ५२ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा ६ हजार जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३२ हजार ४ सय ७७ पुगेको छ। हाल ३ सय ६२ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

कमेन्टहरु
Loading...