संविधानले प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार दिएको छैन: सभामुख

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् विघटनको अधिकार नभएको बताएका छन्। बिहिबार दिउँसो विभिन्न चार राजनीतिक दलसँग आबद्ध महिला संगठन तथा सांसदहरूले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले यस्तो बताएका हुन्।

अहिलेकै परिस्थितिमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संविधानले नदिएको पनि उनले बताए । ‘हाम्रो संविधानले यहिँ परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार दिएको छैन। यसअघि पुस ८ गते वक्तव्य मार्फत आफ्नो आधिकारीक धारणा सार्वजनिक गरिसकेको छु’, उनले भने।

उनले संविधानको रक्षा र देश र जनताको अधिकतम हितमा आफूसँधै समर्पित रहने प्रतिवद्धतासमेत व्यक्त गरे। आफूले यस सन्दर्भमा राष्ट्रका समग्र पक्षसँग वृहत, विहंगम, व्यापक, राय, सल्लाह, सुझाव लिइरहेकोसमेत सभामुख सापकोटाले बताए।

कमेन्टहरु
Loading...