शुक्रबार हुने राष्ट्रियसभा बैठकका लागि सदस्यहरुको स्वाब संकलन

काठमाडौं । शुक्रबार हुने राष्ट्रियसभा सदस्यहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि स्वाब संकलन भएको छ । हिउँदे अधिवेशनको पहिलो बैठकको अघिल्लो दिन बिहीबार सबै सदस्यको निःशुल्क कोभिड–१९ परीक्षणको व्यवस्था मिलाइएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिएका छन् ।

त्यस्तै रिपोर्ट भोलिसम्म आउने बताइएको छ । नेगेटिभ रिपोर्ट भएका सांसदहरुलाई मात्र प्रदेश दिइनेछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन पुस १७ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी हुन् ।

कमेन्टहरु
Loading...