पुस १२ देखि बुद्धिचाल प्रतियोगिता

रेम बिक
पोखरा, ४ पुस/कास्की जिल्ला बुद्धिचाल संघले पुस १२ देखि १५ गतेसम्म बुद्धिचाल प्रतियोगिता गर्ने भएको छ । संघले कास्की जिल्ला स्तरिय बुद्धिचालको पाँचौ सँस्करणको आयोजना हुने जानकारी दिएको छ । प्रतियोगितामा सबै उमेर समुहका खेलाडीहरुले सहभागिता जनाउन पाउनेछन् । संघले दिएको जानकारी अनुसार प्रतियोगितामा भाग लिनका लागि खेलाडीहरुले पुस ११ गतेसम्म नाम दर्ता गराईसक्नुपर्नेछ । प्रतियोगितामा प्रथम हुनेले ७ हजार, दोस्रोले ४ हजार, तेस्रोले २ हजार र चौथोले १ हजार रुपैँया पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाले बताएको छ । नगद बाहेक अन्य आकर्षक पुरस्कारको प्याकेज पनि खेलाडीहरुका लागि छुट्टाईएको अध्यक्ष बाबुराम पन्तले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट हुने पाँच जनालाई पुस १७ गतेदेखि हुने पश्चिमाञ्चल क्षेत्र स्तरिय बुद्धिचाल प्रतियोगितामा सोझै सहभागिताको व्यवस्था समेत आयोजकले गरेका छन् ।

कमेन्टहरु
Loading...