आज पनि पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले अहिले मुलुकभर पहाडी भेगमा आंशिक बदली अवस्था रहेको जनाएको छ ।
भने पश्चिमी तराईका क्षेत्रमा हुस्सु लागिरहेको छ ।
पहाडी भू-भाग बाहेकका क्षेत्रमा भने मौसम सामान्यता सफा छ ।
काठमाण्डौमा आज बिहानको न्यूनतम तापक्रम एक दशमलव दुई डिग्री सेल्सियस मापन गरिएको छ । आज अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसकाबीचमा रहने अनुमान गरिएको छ ।