ल्होसारको अवसरमा ग्रहशान्ति गर्नेको घुइचो

पोखरा ०४ पौष/ंल्होसारको अवसरमा सोमबारदेखि टा.सी छ्योएलिङ्ग गुम्बामा शुरु भएको कङ्गयूर पाठ तथा तोनागघोसुम पुजामा ग्रहशान्ति गर्ने भक्तजनहरुको उल्लेख्य सहभागीता रहेको छ । ल्होसारको अवसरमा बिगतका वर्षहरुमा जस्तै यो वर्ष आयोजित कङ्गयूर पाठ तथा तोनागघोसुम पुजामा विशेष गरी ग्रहशान्ति गर्ने भक्तजनहरुको सहभागीता उल्लेख्य रहेको ब्रत आमा समुह टांसी छ्योएलिङ्ग गुम्बाका अध्यक्ष देवु गुरुङ्गले जानकारी दिए ।gumba 1गुरुङ्गका अनुसार तमु ल्होसारको अवसरमा आयोजना गरिने कङ्गयूर पाठ तथा पुजामा ग्रह शान्ति समेत गरिने हुने भक्तजनहरुको सहभागीता वढेको हो । यो वर्ष घोडा वर्ग त ल्हो भएकाले घोडा वर्ग हुने र अन्य वर्गभएका हरुलाई अफाप हुने भएकाले पनि भक्तजनहरुले आफ्नो ग्रहले दुख कष्ट नदिउन भनेर पुजामा सहभागी हुने गरेको गुरुङ्गको भनाइ रहेको छ ।

प्रत्येक वर्ष तमु संस्कार अनुसार ल्हो वर्ग फेरिने भएकाले प्रत्येक वर्ष पुस महिनामा ग्रहशान्ति गर्नाले परिवारमा सुख शान्ति हुने मान्यता भएकाले पनि कङ्गयूर पाठ जस्तो पवित्र कार्यमा भक्तजनहरुको सहभागीता वढ्ने गरेको ब्रत आमा समुह टांसी छ्योएलिङ्ग गुम्बाका सचिव माया गुरुङ्गले वताए ।

सचिव गुरुङ्गका अनुसार पुजा सुरु भएको दिनदेखि चौथो दिन सम्म आइपुग्दा ७ हजार वढी भक्तजनहरुले पुजामा सहभागी भइ ग्रहशान्ति गरिसकेका छन । विशेष गरी कङ्गयूर पाठमा विभिन्न थरीका लामा गुरुहरुद्धारा सामुहिक रुपमा कङ्गयूर पाठ गराउदा महंगो खर्च लाग्ने भएकाले पनि ल्होसारको अवसरमा आयोजना गरिएको कङ्गयूर पाठमा भक्तजनहरुको उल्लेख्य सहभागीता रहेको उनको भनाइ रहेको थियो ।

हाम्रो चाहाना विश्व शान्तिको कामना भन्ने मुल नाराका साथ १३ औ पटक आयोजित पुजाको चौथो दिन सम्म आइपुग्दा झण्डै ७ हजार भक्तजनहरुले ग्रहशान्ति गराइसकेका छन । १० दिन सम्म सञ्चालन हुने उक्त पुजामा प्रत्येक दिन ५० जना लामाहरुद्धारा सामुहिक रुपमा कङ्गयूर पाठ गरी ग्रह शान्ति गर्ने भएकाले पनि विगतका वर्षहरुदेखिनै भक्तजनहरुको उल्लेख्य सहभागीता रहदै आएको गुम्बाले जनाएको छ । विभिन्न ३ जनावारहरुको टाउकोको प्रतिमाको पुजा गरी तानागघोसुम पुजा तथा बुद्धग्रन्थ त्रिपिठक कङ्गयूर पाठ आगामी पुस १० गते सम्म चल्ने छ ।

कमेन्टहरु
Loading...