‘आहा नि ! क्या राम्री गुरुङ्गसेनी’ विमोचन

पोखरा, ४ पुस /रोशन गुरुङद्धारा लिखित ‘आहा नि ! क्या राम्री गुरुङ्गसेनी’ कथा संग्रहको एक कार्यक्रमको आयोजना गरि विहीबार विमोचन गरिएको छ । गुरुङ संस्कार एवम् परिवेशमा आधारित पुस्तकको तमु पेलु संघका पूर्व अध्यक्ष ईन्द्र वहादुर तमु र तमु सास्कृतिक कर्मी लोकबहादुर तमुले सयुतm रुपमा विमोचन गरेका हुन् । विमोचन गर्दै तमु पेलु संघका पूर्व अध्यक्ष तमुले तमु संस्कारको संरक्षण गर्न यस्ता कृतिले महत्वपूर्ण भूमिका खेल्ने बताए । सोही अवसरमा युवा साँस्कृतिविद पोल तमुले कथा मार्फत लेखकले  आफ्नो संस्कारको बारेमा युवाहरु पनि जानकार हुनु पर्ने भन्ने सन्देश दिएको बताए । पुस्तक लेखक रोशन गुरुङले आफ्नो पुस्तकले विशेष गरि गुरुङ समुदायको मृत्यु संस्कारलाई युवामाज सरलिकृत ढंगले पस्किने काम गरेको बताए ।

आदिवासी जनजाती पत्रकार महासंघका अध्यक्ष होम तमुको सभापतीत्वमा सम्पन्न कार्यक्रममा थमरुल प्रालिका प्रवन्ध निर्देशक कन्चन ल्हेगे तमु, फोनीज कास्कीका उपाध्यक्ष रुद्र श्रीस् लगायतकाले बोलेका थिए भने कार्यक्रमको संचालन रोशनी तमुले गरेकी थिईन ।

गुरुङ जातिका संस्कृति र संस्कारका मार्मिक कुराहरु एवम् मानव जीवनका समवेदनशील कुराहरु समेटेको उक्त पुस्तकमा १० वटा कथा रहेका छन् । जमसा म मरेको छैन, म मरे पनि मेरो अशिक छ, कति रााम्रो स्वर्ग हाम्रो, ल्होसार आयो डोल्स्यो, आक्रोदो, आमा, धर्म ङयोल वोन, ङ्लाई विदा पिनो
आँस्यो, आहा नी ! क्या राम्री गुरुङ्गसेनी, वेल्लारी ङोल्स्यो, चिमिहुईडो–लेम्को कथा र  आँस्यो विदा शिर्षकका कथाहरु रहेका छन् ।

कमेन्टहरु
Loading...