पोखरा । नेपालमा थप ५ सय ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा ५ सय ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना पोजेटिभ रिर्पोट आएकामध्ये २ सय ४ जना महिला तथा ३ सय ७ जना पुरुष रहेका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ५ हजार १ सय ११ जनाको पिसिआर परीक्षण गरिएको छ । यो अवधिमा नेपालमा थप ६ सय जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा थप ७ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ८ सय ४७ जना पुगेको छ ।
हाल नेपालमा २ हजार ८ सय २३ जना कोरोना भाइरस संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् । त्यस्तै २ सय १७ जना कोरोना भाइरस संक्रमितको आइसियुमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार नेपालमा ३७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
काठमाडौं मात्र नेपालमा ५ सयभन्दा बढी उपचारार्थ संक्रमितहरु भएको जिल्ला हो । त्यस्तै मुगु, रुकुम पश्चिम, महोत्तरी, सर्लाही तथा सिराहा जिल्ला सक्रिय संक्रमितहरुको सुन्य संख्या भएको जिल्ला बनेको छ ।