पोखरामा थप ३७ जनालाई कोरोना पुष्टि

पोखरा । पोखरामा थप ३७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको पछिल्लो अध्यावधिक विवरण अनुसार लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ३७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १ मा ६४ वर्षीय १ जना महिला, २ मा ५५ वर्षीय १ जना पुरुष, ३ मा ४१ वर्षीय १ जना पुरुष, ५ मा २३ वर्षीय १ जना महिला, ६ मा ६८ वर्षीय १ जना पुरुष तथा ८ मा ६१ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१० नम्बर वडामा ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ७१ वर्षीय १ जना महिला तथा ४ वर्षीय १ जना बालक सहित २९ वर्षीय २ जना र ३४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा १३ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २२ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १४ मा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ६ वर्षीय १ जना बालिका तथा ३८ वर्षीय १ जना महिला सहित ३४ र ७२ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १७ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४१, ५४ र ६१ वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

२५ नम्बर वडामा एकैपटक १६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु १ जना महिला तथा १५ जना पुरुष रहेका छन् । सो वडामा ५१ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो । त्यस्तै संक्रमितमध्ये २३, ३१ वर्षीय २ जना, ३३ वर्षीय ३ जना, ३७, ३८ वर्षीय २ जना, ४२, ४७, ५१ वर्षीय २ जना, ५५ तथा ६० वर्षीय पुरुष रहेका छन् ।

पोखरा २७ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १७ वर्षीय १ जना किशोरी सहित ८६ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

यस अगाडि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको तथ्यांक अनुसार पोखरामा २१, मादी गाउँपालिका तथा माछापुच्छ«े गाउँपालिकामा १÷१ सहित २३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म पोखरामा ५८ तथा मादी र माछापुच्छ«े गाउँपालिकामा १÷१ जना सहित कास्कीमा ६० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गण्डकी प्रदेशका अन्य जिल्लाहरु तनहुँमा २ जना तथा स्याङ्जामा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १४ हजार ५ सय २९ पुगेको छ ।

कमेन्टहरु
Loading...