पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीको दोश्रो वार्षिकोत्सवको अवसरमा सेती विजयपुर इकाईले अमरसिंहचोकमा खुल्ला रक्तदान कार्यक्रम गरेका छन् । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंगलबार भएको घुम्ती रक्तदानमा २१ जनाले रक्तदान गरेको महासचिव उमराज बास्तोलाले जानकारी दिएका छन् ।
रक्तदान जीवनदान, जीवनदान महादान भन्ने नाराका साथ भएको कार्यक्रमको गण्डकी प्रदेश सभाका सदस्य मनबहादुर गुरुङले उद्घाटन गरे । उनले चेम्बरले उद्योगी व्यवसायीको हकहितको अलवा सामाजिक काम पनि गरेको बताए । पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले चेम्बरका पोखरा महानगरलाई ७ वटा इकाईले ६ ठाउँमा रक्तदान कार्यक्रम गरेको जानकारी दिए ।
कार्यक्रममा चेम्बर अफ कमर्स कास्कीका वरिष्ठ उपाध्यक्ष गीता तिवारी गौतम, वाणिज्यतर्फका उपाध्यक्ष यमनाथ पौडेल, वस्तुगत तर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल, उद्योगतर्फका उपाध्यक्ष ज्ञानबहादुर नेपाली, महासचिव उमराज बास्तोला, कोषाध्यक्ष कमल बस्नेत, सहकोषाध्यक्ष नवराज आचार्य, सचिवालय सदस्य रविबहादुर विक, कार्य समिति सदस्य मनोज रसाइली, चेम्बर अफ कमर्स सेती विजयपुर इकाईका अध्यक्ष तुलसी सुवेदी, उपाध्यक्ष हिरामणि दाहाल,महासचिव शान्तबहादुर थापा, युथ चेम्बरका अध्यक्ष पूर्ण श्रेष्ठ लगायतले बोलेका थिए ।
त्यस्तै पोखरा चेम्बर अफ कमर्स कास्की अन्तर्गतको उत्तरी क्षेत्र इकाई १६ गते बगरमा रक्तदान कार्यक्रम गरेको कोषाध्यक्ष महासचिव उमराज बास्तोलाले जानकारी दिए ।