प्रचण्ड पत्नी सीताको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना

काठमाडौं । विगत लामो समयदेखि अस्वस्थ रहेकी नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । प्रचण्डको सचिवालय सदस्य तथा छोरी गंगा दाहालले प्रचण्ड पत्नी सीतालाई आज मेडिसिटी अस्पताल भर्ना गरिएको सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराएकी हुन् । गंगाका अनुसार केही समयदेखि विभिन्न रोगबाट ग्रसित उनलाई थप गाह्रो भएपनि अस्पताल भर्ना गरिएको हो ।

कमेन्टहरु
Loading...