नेष्डो नेपालको ४५ दिने लघु वित्त अभियान लेखनाथ शाखामा

पोखरा, ४ पौष/राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको ४५ दिवसीय लघु वित्त अभियानको नबौँ दिन लेखनाथ शाखामा आयोजित एक दिने १३ औं लघु वित्त दिवस तथा वार्षिक कार्यक्रम समिक्षा गोष्ठी लेखनाथमा सम्पन्न भएको छ । कार्यक्रममा कास्की जिल्लाको २ नगरपालिका, ५ गाविसमा गठित ९५ महिला स्वावलम्वन केन्द्र तथा स्थानीय सरोकारवाला सहभागीता रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष विश्व प्रकाश प्रसाईले देशमा झण्डै ८६ हजार नेपालीलाई स्वरोजगारी सृजना गर्नका लागि लघु वित्त सेवा आवश्यता रहेको बताए । लघु वित्त संस्थाले १९ लाखलाई मात्र वित्तीय सेवा प्रवाह गरेको वर्तमान सन्दर्भमा नेष्डो नेपालले थप सक्रियता पुर्वक आफ्नो सेवालाई दुर्गम भौगोकिलतामा केन्द्रीत गर्नु पर्ने वताए ।

संस्थाका कास्की जिल्लामा ४ वटा शाखा स्थापना भएको र आगमी २ वर्ष भित्रमा कास्कीका सवै गाविसका विपन्न वर्गलाई समेटने लक्ष्य लिएको वताए । कार्यक्रममा नेपाल काँग्रेस लेखनाथका सभापती राजेन्द्रमणी लामिछाने, लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, कार्यक्रममा केन्द्रका प्रतिनिधी विष्णु गिरी लगायतल लघुवितका बारेमा चर्चा गरेका थिए ।

कमेन्टहरु
Loading...