स्टेप वाइ स्टेप उच्च मा.वि. मा स्पोर्ट मिट

पोखरा, ४ पौष/स्टेप वाइ स्टेप उच्च मा.वि.को कक्षा ११ र १२ तर्फको खेलकुद कार्यक्रम आज सुरु भएको छ । दुई दिनसम्म सञ्चालन खेलकुद कार्यक्रम छात्र तर्फको फुटबल र छात्राछात्र दुवै तर्फको भलिबल, टेबल टेनिस र बास्केट बल खेलहरु शुरु भएका छन् ।  प्रतियोगितामा विज्ञान र व्यवस्थापन संकायका कक्षा ११ र १२ का छात्रछात्राहरुको सहभागिता रहेको छ ।अञ्चल सशस्त्री प्रहरी गण गण्डकीका प्रेम बहादुर जि.टी. ले  खेलाडीहरुलाई बल हस्तान्तरण गरी खेलको उद्घाटन गरेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य दिदैँ प्राचार्य निर्मला बरालले खेलकुदले विद्यार्थीहरुलाई अनुसाशीत बन्न सिकाउनुका साथै शारीरिक एंव मानसिक रुपमा तन्दुरुस्त बनाउने बताइन् ।

आज भएको छात्र फुटबलमा विज्ञान संकाय कक्षा ११ ए प्रथम भएको छ भने विज्ञान संकायका कक्षा १२ द्वितीय भएको छ । त्यसैगरि उत्कृष्ट खेलाडी विजय राना घोषित भएका छन् ।

कमेन्टहरु
Loading...