नवनियुक्त मन्त्रीहरुलाई काम गर्नबाट रोक्न सर्वोच्च रिट दायर

काठमाडौं । मन्त्रिपरिषदमा गरिएको नयाँ मन्त्रीहरुको नियुक्ति तथा हेरफेरलाई लिएर सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

केही दिन अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नियुक्त गरिएको नयाँ मन्त्रीहरुको काममा रोक लगाउन माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन् । रिटमा सर्वोच्च अदालतले भोलिका लागि नै पेशी तोकेको छ ।

अधिवक्ता त्रिपाठीका अनुसार रिटमा नयाँ मन्त्रीहरुलाई काम गर्न नदिनु, थप मन्त्रीहरु नियुक्त नगर्न, मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय बदर गर्न लगायतका मागहरु राख्दै रिट दायर गरिएको हो ।

कमेन्टहरु
Loading...