पोखरा, ४ पुस /पोखराको नयाँबजारस्थित लोटस एकेडेमिक स्कुलमा वार्षिक स्पोर्टस मिट जारी रहेको छ । बुधबारदेखि सुरु भएको खेलकुदको बिहीबार भएको खेलमा प्राथमिक तहको छात्र फुटबलतर्फ पहेंलो र हरियो सदन क्रमशः पहिलो र दोस्रो भएका छन् । यस्तै सिनियरतर्फ छात्रा भलिबलमा हरियो र पहेंलो सदन तथा छात्रतर्फ नीलो र पहेंलो सदन क्रमशः पहिलो र दोस्रो भएका शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिए ।
कक्षागत तथा अन्तरसदनात्मक रुपमा सञ्चालित फुटबल, भलिबल, टेबुल टेनिस, कपर्दी, दौड, रिले दौडलगायतका खेलहरुको फाइनल शुक्रबार हुने शैक्षिक विभागका इन्चार्ज धनेश्वर अधिकारीले जनाए ।