मुगु, रुकुम पश्चिम, महोत्तरी, सर्लाही तथा सिराहा कोरोना सुन्य जिल्ला बन्यो

पोखरा । नेपालमा थप ७ सय ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा थप ७ सय ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना रिर्पोट पोजेटिभ आएकामध्ये २ सय ७० जना महिला तथा ४ सय ३८ जना पुरुष रहेका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ ।

हाल नेपालमा ६ हजार ३ सय ९६ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ६ हजार १ सय ३५ जनाको पिसिआर परीक्षण गरिएको छ । यो अवधिमा नेपालमा थप ७ सय ३१ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ५१ हजार ३ सय १२ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा थप ८ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ८ सय ४० पुगेको छ ।

हाल नेपालमा २ हजार ९ सय ५८ जना कोरोना भाइरस संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् । त्यस्तै २ सय २८ जना कोरोना भाइरस संक्रमितको आइसियुमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार नेपालमा ४० जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

काठमाडौंमात्र हाल नेपालमा ५ सयभन्दा माथि उपचारार्थ संक्रमितहरु भएको जिल्ला हो भने मुगु, रुकुम पश्चिम, महोत्तरी, सर्लाही तथा सिराहा सक्रिय संक्रमितको सुन्य संख्या भएको जिल्ला हो ।

कमेन्टहरु
Loading...