प्रतिनिधिसभा विघटन गरेर ओलीले आफैंले बनाएको संविधानलाई बलात्कार गरेः प्रचण्ड

काठमाडौं । आज देशैभरी नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध कार्यक्रमको आयोजना ग¥यो । प्राय कार्यक्रममा उक्त समुहका नेताहरु वर्तमान ओली सरकारले प्रतिनिधिसभा विघटन गरेर संविधानको खिल्ली उडाएको आरोप लगाए ।

यसैबीच उक्त समुहका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर आफैंले बनाएको संविधानलाई बलात्कार गरेको आरोप लगाएका छन् । आज काठमाडौंमा भएको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि घात गरें भन्दै पश्चाताप पनि नगर्ने उनको भनाई थियो ।

ओलीले आफूले आफैलाई प्रतिनिधिसभा विघटन गरेकोमा अपराधी घोषित गरे, म अपराधी हुँ नभनेसम्म जनताले माफी नदिने उनले बताए । प्रतिनिधिसभा भंग गरेर ओलीले इतिहासमा महिले नमेटिने कंलकको टीका लगाएको समेत उनले आरोप लगाएका छन् ।

कार्यक्रम अवधिभरी प्रधानमन्त्री ओलीलाई लिएर आक्रोसित बनेको प्रचण्डले आफूले पहिले नै उनलाई चिन्न नसकेकोमा जनतासंग माफी मागेका थिए । ओली गणतन्त्रवादी आन्दोलनको पक्षमा पहिलेदेखि नै नभएको समेत उनले बताएका छन् । ओली निरंकुश तानाशाह रहेको समे उनले आरोप लगाए । प्रचण्डले प्रतिनिधिसभा भंग गरेको नभएर आफ्नै नेतृत्वको सरकार भंग भएको बताए ।

संसद अझै जीवितै रहेको बताउँदै उनले भने, ‘संसद पनि जिउँदै छ, हामी पनि जीवितै छौं ।’ संसद विघटनको अधिकार कोही कसैसंग नभएको भन्दै उनले सर्वोच्च अदालतले जनताको भावनाको सम्मान गर्नेमा आफू आशावादी रहेको समेत बताएका छन् ।

कमेन्टहरु
Loading...