ओलीले गफ गरेर यतिका समय बिताए: खनाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रने पक्षका वरिष्ठ नेता झलनाथ खनालले बालुवाटारमा तानाशाही गुट बस्ने बताएका छन्। खनालले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लक्षित गर्दै ओलीजस्तै तानाशाहका विरूद्ध सडकमा आउन आफूहरू बाध्य भएको पनि बताए।

उनले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेर लोकतन्त्रमाथि हमला गरेको पनि बताए। खनालले सूर्य चिन्ह आफूहरूको भएको पनि दाबी गरेका छन्। ओलीले जनताको घरमा पाइपलाइनबाट ग्यास पुर्याउने जस्ता गफ गरेर यतिका समय बिताएको पनि खनालको भनाइ छ।

कमेन्टहरु
Loading...