पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहले आज पोखरामा संसद विघटन तथा प्राधानमन्त्री केपी शर्मा ओली विरुद्ध प्रदर्शन गरेको छ । प्रचण्ड–नेपाल समुहले आज देशैभरी प्रदर्शन गर्ने निर्णय गरेकोमा पोखरामा पनि सरकारविरुद्ध प्रदर्शन गरेको हो ।
आन्दोलनका क्रममा सहभागीहरुले कालोपट्टी बाँधेर विरोध गरेका थिए । प्रदर्शनमा निकालिएको ¥यालीमा नालायक सरकार राजीनामा दे, प्रतिगामी सरकारलाई असफल पारौं, नेपाल कम्युनिस्ट पार्टी नेकपा जिन्दावाद्, प्रतिगामीहरु होसियार, वीर सहिद लालसलाम, प्रतिगामी ओली होसियार, संविधान मिच्न पाइदैन–केहपी ओली चाहिंदैन लगायतका नारा लगाएका थिए ।