आइएमी नेपाल लिटेचर फेस्टिभलको आज औपचारीक रुपमा उद्घाटन भएको छ । फेस्टिभलको महारानीको राजनीति सेसनमा महारानी उपन्यासका लेखक चन्द्र प्रकाश बानियाँले पृथ्वी नारायण शाहले बाइसे र चौविसे राज्यको एकता गरेको भन्ने कुरा गलत रहेको जिकिर गरेका छन् ।
पत्रकार राजकुमार बानियाँले सहजीकरण गरेको उक्त सेसनमा महारानीका लेखक चन्द्रप्रकाश बानियाँले आफ्नो कृती महारानीले मदन पुरस्कार कसरी पायो भन्ने बारेमा आश्चार्यचकित बनेको बताए । लेखक बानियाँले आँफु लेख्नको लागि नजन्मिएको भन्दै भने ‘म खासमा अल्छि छु । लेख्न पनि उतिसाह्रो जाँगर पनि लाग्दैन । त्यसैले मलाई म लेख्न कै लागि जन्मिएको हो भन्ने लाग्दैन ।’
महारानीको राजनीति सेसनमा महारानी उपन्यास र राजनीति बहस र छलफल भएको हो ।
२०८१ पुष ९ गते मंगलवार