सिर्जनाचोकमा नगरपालिकाले ८ करोडको लागतमा ब्यापारिक भवन बनाउने

एशियाली विकास बैंकले पोखरालाई कालो सूचीबाट हटयो,
पोखरा, ३ पौष/पोखराको सिर्जनाचोकमा पोखरा उपमहानगर पालिकालले व्यापारिक भवन निर्माणको लागि लगानी गर्न आज सम्झौता गरेको छ । एशियाली विकास बैंक, विश्व बैंक र जी टी जेडको सहयोग रहेको नगरविकास कोषको ८ करोड लगानीमा व्यापारिक भवन निर्माण गर्नको लागि पोखरा उपमहानगरपालिका र नगरविकास कोषको बीचमा सम्झौता भएको हो । अहिले सो स्थानमा सामान्य भवन रहेको छ ।

jlakram sarjanaयस रकम मध्ये ५६ लाख रुपैयाँ अनुदान रहेको र बाँकी ऋण रहेको पोखरा उपमहानगरपालिकाका कार्याकारी अधिकृत झलकराम अधिकारीले जानकारी दिए । सिर्जनाचोकमा निर्माण गरिने व्यापारिक भवनको स्वामित्व भने पोखरा उपमहानगरपालिका कै हुनेछ । सम्झौतामा नगर विकास कोषको तर्फबाट सुशिल ज्ञवाली र पोखरा उपमहानगरपालिकाको तर्फाट कार्यकारी अधिकृत झलकराम अधिकारीले हस्ताक्षर गरेका थिए ।

त्यसैगरी निजी क्षेत्रको तर्फाट दूरसञ्चार प्रदायक संस्था एन सेलले पनि पोखराको फेवातालको समस्याको रुपमा रहेको जलकुम्भी झार हर्टाई स्थायी र दीर्घकालिन समाधानको लागि सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । सहयोगको लागि आर्थिक प्रस्ताव तयार पार्ने विषयमा पनि पोखरा उपमहानगरपालिका र एन सेलको बीचमा सहमति भएको छ भने एन सेल पोखराको सडक व्यवस्थापनमा पनि लगानी गर्न इच्छुक रहेको अधिकारीले बताउ छ ।

एशियाली विकास बैंकले पोखरा उपमहानगरपालिकालाई ऋण नतिर्नेको सूची अर्थात डिफल्टर सूचीबाट हटाएको छ । पोखरा ल्याण्डफिल्ड साइट निर्माणको लागि १५ बर्षअघि एशियाली विकास बैंकले ९ करोड ऋण लगानी गरेकोमा यो ऋण नतिरेको कारण पोखरा उपमहानगरपालिकालाई बैंकले डिफल्टरको सूचीमा राखेको थियो ।

यस ऋणमा ६ करोड रुपैयाँ ब्याज समेत जोडिएर १५ करोड रुपैयाँ पुगेको छ तर पोखरा उपमहानगरपालिकाले ऋण भने अझै तिरेको छैन । यसबारेमा एशियाली विकास बैंक र पोखरा उपमहानगरपालिकाको बीचमा पटपटक छलफल भएपछि तत्कालको लागि डिफल्टर सूचीबाट पोखरा उपमहानगरपालिकालाई हटाउने र पोखरामा थप लगानी गर्न बैंक तयार भएको पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले जानकारी दिनुभयो । ऋण नतिर्नेको सूचीबाट हटाए लगत्तै एशियाली विकास बैंकले पोखरामा लगानी गर्ने ढोका खोलेको छ । सोही अन्तरगत सृजनाचोकमा भवन बनाउन लागेको हो ।

कमेन्टहरु
Loading...