सरकार विरोधी आन्दोलनका क्रममा पोखराको महेन्द्रपुल तनावग्रस्त बन्यो, प्रहरीद्वारा आन्दोलनकारीमाथि लाठीचार्ज

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अगाडि प्रतिनिधिसभा विघटन गरेपश्चात देशैभरी विरोध तथा प्रदर्शनहरु लगातार रुपमा भइरहेका छन् । पोखराको मुख्य चोकहरु पनि केही दिन यता आन्दोलनस्थलका रुपमा पणिरत भइरहेको छ ।

पोखराको महेन्द्रपुल, चिप्लेढुंगा, अमरसिंह लगायत स्थानमा हरेक दिन आन्दोलन भइरहेका छन् । हरेक दिन हुने आन्दोलनहरुमा केहीले प्रधानमन्त्री ओलीको पक्ष तथा केहीले विरोध गरिरहेका हुन्छन् ।

यसैबीच आज पनि पोखरामा प्रधानमन्त्री ओलीको विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहले आन्दोलन गरेका छन् । आन्दोलनका क्रममा प्रहरी तथा आन्दोलनकारीबीच केही बेर हात हालाहालको स्थिति आएको थियो ।

प्रहरीले आन्दोलनकारीसंग प्रधानमन्त्री ओलीको पुत्ला खोस्ने क्रममा झडप भएको हो । प्रहरीले प्रधानमन्त्री ओलीको पुत्ला खोसेको छ । सोही क्रममा प्रहरी आन्दोलनकारीमाथि लाठीचार्ज समेत गरेको थियो ।

आन्दोलनकारीले प्रहरीले आफूहरुको शान्तिपूर्ण आन्दोलनका क्रममा हस्पक्षेप गरेको भनदै प्रहरी कै विरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले केपी प्रहरी मुर्दावाद्, लुकेर हान्ने प्रहरी मुर्दावाद लगायतका नारा लगाएका थिए ।

कमेन्टहरु
Loading...