नेपालमा थप ४ सय ८१ जनालाई कोरोना

पोखरा । नेपालमा थप ४ सय ८१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा थप ४ सय ८१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना पोजेटिभ रिर्पोट आएकामध्ये १ सय ७९ जना महिला तथा ३ सय २ जना पुरुष रहेका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको छ ।

हाल नेपालमा सक्रिय कोरोना भाइरस संक्रमितको कुल संख्या ६ हजार ४ सय ९३ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ३ हजार ८ सय २८ जनाको पिसिआर परीक्षण गरिएको छ । यो अवधिमा नेपालमा थप ७ सय ३१ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ४९ हजार ८ सय ६३ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा थप ६ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ८ सय २५ पुगेको छ ।

काठमाडौंमात्र नेपालमा ५ सयभन्दा बढी उपचारार्थ संक्रमितहरु भएको जिल्ला हो । त्यस्तै नेपालमा हाल मुगु तथा रुकुम पश्चिममा सक्रिय संक्रमितहरुको सुन्य संख्या भएको जिल्ला रहेका छन् ।

त्यस्तै ३ हजार ७७ जना कोरोना संक्रमितहरु हाल होम आइसोलेसनमा रहेका छन् । नेपालमा २ सय ३५ जना संक्रमितको आइसियु तथा ५३ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कमेन्टहरु
Loading...