राजु गिरी
पोखरामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण जारी छ ।
सृजनाचोकस्थित व्हाइटहाउस पार्टी प्यालेसमा आयोजित कार्यक्रमको प्रमुख अतिथि पार्टीका स्थायी कमिटी एवं प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल रहेका छन् । प्रशिक्षण कार्यक्रमका दौरान उनले कार्यकर्तासामु ओलीको अतिवाद र प्रचण्ड पक्षले गरेको त्यागबारे चर्चा गरेका छन् ।
‘पार्टी र प्रधानमन्त्रीविरुद्ध भ्रष्टाचारको आरोप लागिरहेको थियो’ उनले भने ‘कोभिडको औषधिमा अनियमितता भएको चर्चा चलिरहेको थियो हामीले आवाज उठायौं ।’ तरपनि ओलीले आफ्नो नजिकका मान्छेलाई पोस्न नछोड्दा यस्तो स्थिति आएको उनले उल्लेख गरे ।
विधान बमोजिम पार्टीको बहुमत सदस्य प्रचण्ड माधवपक्षसँग भएको र आफुहरुनै वैधानिक भएको भन्दै उनले नेपाली कम्युनिष्ट आन्दोलनलाई उँचाइमा पु¥याउन कार्यकर्तालाई निर्देशन दिए । ‘हामी फेरि पनि आन्दोलनमा उत्रन बाध्य भयौं’ पौडेलले भने ।
नेकपा कास्की सचिव बखानसिंह तमुको अध्यक्षतामा भएको प्रशिक्षणमा नेता श्रीनाथ पौडेल, धनराज आचार्य, सिता गिरीलगायतको सहभागिता रहेको छ ।