आगलागीबाट मुस्किलले बच्यो पोखराको घना बस्ती

गन्थन डेस्क

पोखराको मोहोरिया टोल, अधिकारी टोल र गुठिवरी टोलको बीच भागमा रहेको एक गोठमा आगलागी भएको छ ।

स्थानीय पूर्ण खड्गीको घर नजिक रहेको गोठमा रहेको परालमा आगो लागेपछि टोलवासीले सक्रियताकासाथ निभाएका छन् ।

छेउछाउमा रहेको घरधनीले मोटर चलाउँदै पानीको पाइप गोठमा पु¥याएरै आगो निभाउन सफल भए ।

गोठमा भैसीपालन गरिएको र प्रशस्तमात्रामा पराल राखिएको थियो । स्थानीयले भने, ‘एकजना चकचके बच्चा छ, उ यतै खेल्दै थियो, उसैले लगाएको हुनसक्छ ।’

परालमा आगो सल्किएर एकैछिनमा दन्कन थालेपछि कोही निभाउन त कोही दमकललाई फोन गर्न लागेका थिए ।

स्थानीयले करिब आधा घण्टामै आगो निभाउन सफल भएपछि बल्ल दमकल पुगेको थियाे । उनीहरुको प्रयासले बाक्लो बस्तीसँगै गोठमा रहेका भैसीको समेत ज्यान बचेको छ ।

कमेन्टहरु
Loading...