पोखरामा थप १६ जनामा संक्रमण पुष्टि

पोखरा । पोखरामा १६ जना सहित गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार प्रदेशका ३ जिल्ला गरि थप २० जनामा संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये १६ जना पोखरा महानगरपालिका, ३ जना तनहुँ जिल्लाका र १ जना स्याङ्जा जिल्लाका रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ३ सय ७७ पुगेको छ ।

कमेन्टहरु
Loading...