पोखरामा थप ७ जनालाई कोरोना संक्रमण पुष्टि

पोखरा । पोखरामा थप ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको पछिल्लो अध्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरामा थप ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १० मा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २१, ४४, ४५ र ५३ वर्षीय ४ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

११ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३६ वर्षीय १ जना महिला तथा ५२ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पोखरा १३ मा ६५ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

केही समय अगाडि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको तथ्यांक अनुसार पोखरामा ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म पोखरामा आज १६ जनालाई संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १४ हजार २ सय ८९ पुगेको छ ।

कमेन्टहरु
Loading...