पोखरा । पोखरामा थप ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको अध्यावधिक जानकारी अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिकामा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ३५, ५९ र ७६ वर्षीय ३ जना महिला रहेका छन् । उनीहरु पोखरा अन्तरगत कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।
त्यस्तै पोखरा ५ मा २२ वर्षीय १ जना महिला, १० मा ५० वर्षीय १ जना पुरुष, १२ मा ६९ वर्षीय १ जना पुरुष, १४ मा ५७ वर्षीय १ जना पुरुष, १७ मा ५० वर्षीय १ जना महिला तथा १९ मा ५१ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गण्डकी प्रदेशका अन्य जिल्लाहरु गोरखामा १० जना, म्याग्दीमा ४ जना, बाग्लुङमा १ जना, लमजुङमा १ जना, पर्वतमा १ जना तथा तनहुँमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १४ हजार २ सय ८२ पुगेको छ ।