प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । ३६ जना सांसदको हस्ताक्षर सहित प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री राईविरुद्ध आज प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

अविश्वासको प्रस्तावमा प्रचण्ड–नेपाल समुहका सांसदले हस्ताक्षर गरेका छन् । तर सोही समुहका १ जना सांसदको हस्ताक्षर भने छुटेको स्रोतले जानकारी दिएको छ । अविश्वासको प्रस्तावमा समर्थकका रुपमा तेह्रथुमा सांसद लक्ष्मण तिवारी तथा प्रस्तावकमा निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो रहेका छन् ।

केन्द्र तहमा विभाजन भइसकेको नेपाल कम्युनिस्ट पार्टीको विवाद प्रदेश तहसम्म पुग्दा प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो । ९३ जना सांसद रहेको प्रदेश १ मा ६७ जना नेकपाका सांसद रहेका थिए । जसमध्ये मुख्यमन्त्री राईको पक्षमा जम्मा २० जना तथा प्रचण्ड–नेपाल समुहमा ४० भन्दा बढी सांसद रहेका छन् ।

कमेन्टहरु
Loading...