फुटबल
यस्तै पोखरा र·शालामा भएको छात्र फुटबलतर्फ हार्वड एकेडेमी, कास्की मोडनाइज एकेडेमी, हेमजा बोर्डिङ स्कुल र एलपी देवकोटा मेमोरियल स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन्। पहिलो क्वाटरमा हार्वडले राजु पगेनीको निर्णायक गोलमा द वीज्डम कास्कीलाई १–० ले पराजित ग¥यो। दोस्रो खेलमा कास्की मोडनाइज एकेडेमीले कान्तिपुर एकेडेमीलाई टाइब्रेकरमा ३–२ ले पराजित ग¥यो। निर्धारित समयका कान्तिपुरका समीर रानाभाट र कास्की मोडनाइजका सेवेष्टिन रम्तेलले एक–एक गोल गरेपछि खेल टाइब्रेकरमा पुगेको थियो।
तेस्रो खेलमा हेमजा बोर्डिङले साइनिङस्टारलाई ४–१ ले पराजित ग¥यो। हेमजाको जीतमा सुमन खड्काले दुई तथा कृष्ण ख्डका र मनिष गुरुङले एक–एक गोल गरेका थिए भने साइनिङस्टारको तर्फबाट सुशन थापाले सान्त्वना गोल गरेका थिए। चौथो खेलमा एलपी देवकोटाले युनिभर्सलाई टाइब्रेकरमा ३–१ ले पराजित ग¥यो। निर्धारित समयमा एलपी देवकोटाका सोलोमन आचार्य र युनिभर्सका सुजित गुरुङले एक–एक गोल गरेपछि खेल टाइब्रेकरमा पुगेको थियो।
पोखरा–१३ माछापोखरीमा भएको छात्रा फुटबलतर्फ चिल्ड्रेन्स एकेडेमी र अक्सफोर्ड स्कुल सेमिफाइन्लमा प्रवेश गरेका छन्। पहिलो क्वाटरफाइनल खेलमा चिल्ड्रेन्सले गोर्खालाई टाइब्रेकरमा ५–४ ले पराजित ग¥यो। निर्धारित समयमा चिल्ड्रेन्सका पुनम गुरुङ र गोर्खाका सविना गौतमले एक–एक गोल गरेपछि खेल टाइब्रेकरमा पुगेको थियो। दोस्रो खेलमा मनिता गुरुङको निर्णायक गोलमा अक्सफोर्डले एलपी देवकोटालाई १–० ले पराजित ग¥यो।
बिहीबार आदर्श बोर्डिङ स्कुल र कास्की मोडनाइज एकेडेमीबीच पहिलो तथा चिल्ड्रेन्स एकेडेमी र अक्सफोर्डबीच दोस्रो सेमिफाइनल खेल हुने प्रचार–प्रसार संयोजक मनकाजी गुरुङले जानकारी दिए।
बास्केटबल
बास्केटबल प्रतियोगिताअन्तर्गत छात्रतर्फ न्यू ग्यालेक्सी पब्लिक स्कुल, युनिभर्स स्कुल, कास्की मोडनाइज एकेडेमी र अक्सफोर्ड स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन्। पहिलो क्वाटरफाइनल खेलमा युनिभर्सले सिद्धार्थ लवडेललाई १०–६ ले पराजित ग¥यो। सो खेलमा युनिभर्सका विवश गुरुङले सर्वाधिक चार स्कोर गरेका थिए। दोस्रो खेलमा न्यू ग्यालेक्सीले सिद्धिविनायक स्कुललाई ४३–६ ले पराजित ग¥यो। सो खेलमा न्यू ग्यालेक्सीका सिद्धार्थ श्रेष्ठले सर्वाधिक १८ स्कोर गरेका थिए। तेस्रो खेलमा कास्की मोडनाइज एकेडेमीले हार्वड एकेडेमीलाई ५३–११ ले पराजित ग¥यो। सो खेलमा कास्की मोडनाइजका सञ्जय पुनले सर्वाधिक १५ स्कोर गरेका थिए। चौथो खेलमा अक्सफोर्डले राइजिङ स्टार एकेडेमीलाई ३५–७ ले पराजित ग¥यो। सो खेलमा अक्सफोर्डका अमृत गुरुङले सर्वाधिक १५ स्कोर गरेका थिए।छात्रतर्फ ११ टीमको सहभागिता रहेको छ।
छात्रातर्फको पहिलो सेमिफाइनलमा अक्सफोर्ड स्कुललाई ७–५ ले पराजित गर्दै न्यू ग्यालेक्सी फाइनलमा प्रवेश गरेको छ।सो खेलमा न्यू ग्यालेक्सीकी सविना खड्काले सर्वाधिक छ स्कोर गरेकी थिइन्। यसअघि न्यू ग्यालेक्सीले सिद्धार्थ लवडेललाई २१–४ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। सो खेलमा न्यू ग्यालेक्सीकै सविना खड्काले सर्वाधिक १६ स्कोर गरेकी थिइन्। यस्तै गोर्खालाई २–० ले पराजित गर्दै कास्की मोडनाइज सेमिफाइनलमा प्रवेश गरेको छ। उसले बिहीबार बाई पाएको आदर्श बोर्डिङ स्कुलसँग सेमिफाइनल खेल खेल्नेछ।यी दुईको विजेताले न्यू ग्यालेक्सीसँग फाइनल खेल खेल्नेछ।
ब्याडमिन्ट खेलतर्फ
सि·ल ब्याडमिन्टनअन्तर्गत छात्रछात्रातर्फ पहिलो चरणका खेल सम्पन्न भएका छन्। बुधबार छात्रातर्फ एलपी देवकोटाले डायमण्ड मोडल स्कुललाई, वेस्टपोइन्टले पायोनियर एकेडेमीलाई, गोर्खाले साइनिङस्टारलाई, चिल्ड्रेन्सले हेमजालाई, द वीज्डम कास्कीले युनभिर्सलाई तथा मर्निङग्लोरीले रत्नज्योति बोर्डिङ स्कुललाई पराजित गरे। छात्रतर्फ पोखरा क्याम्ब्रिजले कान्तिपुर एकेडेमीलाई, गोर्खाले सिद्धार्थ लवडेललाई, हेमजाले बड्स एकेडेमीलाई, द वीज्डमले हार्वड एकेडेमीलाई, साइनिङस्टारले एलपी देवकोटालाई, आदर्शले पायोनियरलाई, रत्नज्योतिले राइजिङस्टारलाई, चिल्ड्रेन्सले न्यू लेखनाथ पब्लिकलाई, युनभिर्सले वेस्टपोइन्टलाई तथा त्रिवेणी पब्लिक स्कुलले सिद्धिविनायक बोर्डिङ स्कुललाई पराजित गरे।