प्रेस संगठन कास्कीमा पनि छिर्यो नेकपा विवाद

पोखरा । नेकपा भित्र केपी समुह र प्रचण्ड माधव नेपाल समुहवीच विवाद बढ्दै जाँदा नेकपा निकट पत्रकारको संस्था प्रेस संगठन कास्कीमा पनि विवाद सुरु भएको छ ।

संगठनका कास्की अध्यक्ष माधव वरालले आफु संग कुनै सल्लाह नगरिकन कार्यक्रमहरु आयोजना गरिएको भन्दै सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेखेका छन् ।

आफुसंगको समन्वय बिना सामाजिक सञ्जालमा प्रेस संगठन कास्कीको भेला र पिकनिक पुस १६ गते हुने र समन्वयको लागि ४ जना व्यक्तिलाई जिम्मेवारी दिएको भन्ने सूचना जारी गरिएको भन्दै उनले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘म, माधव बराल । प्रेस संगठन कास्कीको संयोजक । आज सामाजिक सञ्जालमा प्रेस संगठन कास्कीको भेला र पिकनिक पुस १६ गते हुने र समन्वयको लागि ४ जना व्यक्तिलाई जिम्मेवारी दिएको भन्ने हेर्नर पढ्न पाँए । यसमा मेरो ध्यानाकर्षण भएको छ । प्रेस संगठन कास्कीको संयोजक बिना र सम्पूर्ण कार्यसमितिलाई खबर नै नगरी कसरी पिकनिक र भेला गर्ने निर्णय आयो ?’,उनले लेखेका छन् ।

आज शनिवार पत्रकार महासंघ कास्कीमा प्रेस संगठनको भेला भन्दै गरिएको कार्यक्रम प्रचण्ड माधव समुहको भेला भएको बताउँदै उनले आधिकारिक भेला नभएको स्पष्ट पारेका छन् ।

‘नेपाल पत्रकार महासंघ कास्कीको हलमा भएको भेला प्रचण्ड— माधव पक्ष हो । म, कता हुँ, यहाँ लेखिरहन पर्दैन तपाईंहरुले बनाएको संयोजक हुँ, विगत के थियो र अहिले के छ रु तपाईंहरु सबै नै जानकार हुनु हुन्छ । यत्ति मात्र भन्छु कम्युनिष्ट आन्दोलनलाई गन्तव्यमा पुर्याउने हो भने नेकपाको विभाजन होइन, एकता नै चाहिन्छ म, त्यसैको पक्षमा छु ।’उनले लेखेका छन् ।

आफ्नै कुरा
प्रेस संगठन नेपालका केन्द्रीय सदस्य,
प्रदेश कमिटीका सदस्य,
कास्कीका कार्यसमिति सदस्य तथा
सम्पूर्ण कास्कीका…

Posted by Madhav Baral on Saturday, December 26, 2020

कमेन्टहरु
Loading...