१ सय ५० जनाद्वारा हेलिकोप्टर बुकिङ

पुस, ३ पोखरा । १५ औं पोखरा सडक महोत्सबको अबसरमा समाबेश गरिएको हेलिकप्टरबाट दृष्याबलोकनको लागि अग्रिम बुकिङ भएका सुरु भएका छ । रेष्टुरेष्ट एण्ड बार एशोसिएसन रेवान पोखराको आयोजनामा पुष १३ देखि सुरु हुने महोत्सबको लागि अहिले सम्म एक सय ५० जनाले हेलिकप्टर बुकिङ गरिसकेका छन् ।
Simrik Airपोखराको मुख्य पर्यटकिय क्षेत्र लेकसाईडमा पुष १७ गतेसम्म चल्ने मेला अन्तर्गत त्रिपल ए टुर एण्ड ट्राभल्स प्रालिले सिम्रिक एयर मार्फत पोखरा दृष्याबलोकनको ब्यबस्था मिलाएको छ । ट्राभल्सका प्रवन्ध निर्देशक कृष्ण गिरीका अनुसार दृश्यावलोकनका लागि ३५ सय शुल्क निर्धारण गरिएको छ ।

महोत्सव सुरु हुने दिन शनिबार विद्यार्थीहरुलाई विशेष छुटमा टिकट दिइएकाले धेरैले हेलिकोप्टरबाट दृश्यावलोकन गर्ने इभेन्ट म्यानेजर राजन पुरीको विश्वास छ । हेलिकोप्टरबाट शान्तिस्तुपा, पञ्चासे, नौंडाँडा, धम्पुस, काहुँखोला, हेम्जा, मणिपाल, काहुँ, सराङ्कोट, फेवाताल लगायत समग्र पोखरा लगायत अन्नपूर्ण, माछापुच्छ«े हिमश्रृङखलाको दृश्यावलोकन गर्न सकिन्छ । हेलिकोप्टरमा एक पटकमा ६ जना उड्न सक्ने बताईएको छ ।

त्रिपल एले विगत दुई वर्षदेखि सडक महोत्सवको अबसरमा पोखरा दृश्यावलोकनको व्यवस्था गर्दै आएको छ । गत वर्षको महोत्सवमा ४ सय भन्दा बढीले दृश्यावलोकन गरेकोमा यो बर्ष ५ सय भन्दा बढीले हेलिकोप्टरबाट पोखरा दृश्यावलोकन गर्ने उनिहरुको विश्वास छ । प्रत्येक अंग्रेजी नया बर्षको अबसरमा रेवान पोखराले बिगत १५ बर्षदेखि लगातार सडक महोत्सबको आयोजना गर्दै आएको छ । महोत्सब लेकसाईडको तीन किलोमिटर क्षेत्रमा चल्नेछ । महोत्सबको तयारी अन्तिम चरणमा पुगेको रेवान पोखराका अध्यक्ष गोपी भट्टराईले बताए ।

कमेन्टहरु
Loading...