श्री गणेश सिः गुठी पोखराद्वारा नगद सहयोग प्रदान

पोखरा । श्री गणेश सिः गुठी पृथ्वीचोक पोखराले जाल्पादेवी बहुउद्देश्यीय विकास समितिलाई नगद सहयोग प्रदान गरेको छ । समितिको भवन मर्मत सम्भारका लागि नगद ५१ हजार १ सहयोग प्रदान गरिएको गुठीका नायो एंव अध्यक्ष चिरञ्जीवी श्रेष्ठले जानकारी दिएका छन् ।

सहयोग हस्तान्तरण गर्दै अध्यक्ष श्रेष्ठले सामुदायिक सशक्तीकरणमा उल्लेखनीय भूमिका खेलिरहेको विकास समितिको भवन अर्थ अभावका कारण जीर्ण बन्दै गएकाले त्यसको जिर्णोद्धार तथा मर्मत सम्भारका लागि थोरै भएपनि आर्थिक सहायता प्रदान गरिएको बताएका छन् ।

यस प्रकारको सहायताले सामाजिक रुपमा क्रियाशील सामाजिक संस्थाको मनोवल उच्च हुने र आफूहरुको सामाजिक उत्तरदायित्व समेत बहन हुने अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं.८ का वडासदस्य कृष्णमान ठुसाजुले जाल्पादेवी बहुउद्देश्यीय विकास समितिले सो क्षेत्रमा गर्दै आएका कार्य उल्लेखनीय र प्रशंसनीय रहेको बताए ।

सो क्षेत्रको विकासमा स्थानीय सरकारका हिसावले आफूहरु समेत आवश्यक समन्वयात्मक भूमिकामा रहेको उनले बताएका छन् । वडाका तर्फबाट यस संस्थाको भवन मर्मत तथा संम्भारका लागि समेत आवश्यक सहयोगका लागि थप समन्वय गर्ने उनले बताए ।

जाल्पादेवि बहुउद्देश्यीय विकास समितिका अध्यक्ष विश्व विजुक्क्षले भवन मर्मतका लागि श्री गणेश सिः गुठी पृथ्वीचोक पोखराले गरेको सहयोगप्रति आभार व्यक्त गरे ।

गुठीका नायो श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुठियार शिव द्वाले स्वागत तथा सञ्चालन सचिव गजेन्द्रमान श्रेष्ठले गरेका थिए ।

कमेन्टहरु
Loading...