जनतामा जान्छुभन्दा तिमीलेनै सरकार चलाउ भन्न मिल्छ ? – प्रधानन्यायाधीश शमसेर

 

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइ जारी रहँदा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले विघटनको व्यवस्था संविधानमै रहेको बताएका छन् । रिट निवेदकको तर्फबाट बहस गर्ने वकीलहरुले बहुमतप्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभाा विघटन गर्नु संविधानसम्मत नहुने बताएपछि प्रधानन्यायाधीशले संविधानमा व्यवस्था रहेको बताएका हुन् ।

प्रधानन्यायाधीशले संविधानमा संसद विघटनको व्यवस्था रहेको बताउदै त्यसको माध्यमबारेमा बहस गर्न जरुरी भएको बताए । उनले विघटनका माध्य के हुनसक्छन् त्यो बहसमा आउनुपर्ने बताए ।

प्रधानन्याधीश राणाले प्रधानमन्त्रीले ‘अब म सरकार चलाउँदिनँ’ भनेर जनतामा जान्छु भन्दा उसैलाई तिमीलेनै सरकार चलाउ भन्न मिल्छ ? भनेर प्रश्न समेत गरेका छन् ।

राणाले भने– संविधानमा संसद विघटनको सिद्धान्त राखिएको छ । २०४७ सालको संविधानमा पनि थियो । माध्यम के हो त्यो भन्नुस् । निर्वाचन भएर संविधानको धरा ७६ को उपधारा १ बमोजिम सरकार गठन भयो । अब म जनतामा जान्छु भन्यो भने तिमीलेनै अनिवार्य सरकार चलाउ भन्ने हो र ?
सुनुवाइमा शमशेर र बहसकर्ता वकीलहरुबीच रोचक सवाल जवाफ चलिरहेका छ ।

कमेन्टहरु
Loading...